५. संस्थागत व्यवस्था
५.१. बोर्ड अफ टे«ड ९द्ययबचम या त्चबमभ०
५.१.१ व्यापार प्रवद्र्धनका लागि आवश्यक नीति तर्जुमा कार्यमा सहयोग पु¥याउन, व्यापार सहजीकरण गर्न एवं नीतिको अनुगमन एवं अन्तर–निकाय समन्वय गर्न निजी क्षेत्रसमेतको सहभागितामा केन्द्रीयस्तरमा देहायबमोजिमको गठन गरिनेछ
वाणिज्य मन्त्री ÷ राज्यमन्त्री अध्यक्ष
वाणिज्य सहायक मन्त्री सदस्य
सदस्य, राष्ट्रिय योजना आयोग (वाणिज्य हेर्ने) सदस्य
गभर्नर, नेपाल राष्ट्र बैंक सदस्य
सचिव, वाणिज्य मन्त्रालय सदस्य
सचिव, उद्योग मन्त्रालय सदस्य
सचिव, अर्थ मन्त्रालय सदस्य
सचिव, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सदस्य
सचिव, शिक्षा मन्त्रालय सदस्य
सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सदस्य
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स सदस्य
अध्यक्ष, नेपाल उद्योग परिसंघ सदस्य
अध्यक्ष, राष्ट्रिय उद्योग व्यापार संगठन सदस्य
नेपालबाट सबैभन्दा बढी मात्रामा वस्तु निर्यात हुने मुलुकसँग सम्बन्धित द्विपक्षीय चेम्बर अफ कमर्सका अध्यक्ष सदस्य कार्यकारी निर्देशक, व्यापार प्रवद्र्धन प्रतिष्ठान सदस्य वाणिज्य वा भुक्तानी सन्तुलन विषयमा विशेषज्ञता हासिल गरेका विश्वविद्यालय केन्द्रीय विभागस्तरका प्राध्यापक वा सहप्राध्यापक मध्येबाट मनोनीत विज्ञ २ जना सदस्य वाणिज्य मन्त्रीबाट मनोनीत उद्योग वाणिज्य क्षेत्रका व्यक्तित्व तथा विज्ञ ४ जना सदस्य महानिर्देशक, वाणिज्य विभाग सदस्य–सचिव
५.१.२ बोर्डले कुनै व्यक्ति वा विज्ञलाई बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ । नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बोर्डको सदस्यहरूको थपघट हेरफेर गर्न सक्नेछ । बोर्डको बैठक कम्तीमा दुई महिनामा एक पटक बस्नेछ र बैठकसम्बन्धी अन्य कार्यविधि बोर्डले तय गरेबमोजिम हुनेछ ।
५.१.३ बोर्डको मुख्य काम वाणिज्य नीतिको कार्यान्वयनमा समन्वय गर्ने, नीति परिमार्जनको लागि सरकारलाई सिफारिस गर्ने र खुला तथा उदार व्यापार नीति कार्यान्वयनमा परेको बाधा–व्यवधान हटाउन सरकारलाई सुझाव दिने हुनेछ ।
५.१.४ निकासी पैठारी व्यापार कार्यान्वयनमा देखिएका बाधा–व्यवधानहरू सुल्झाउन निर्णय गर्ने ।
५.१.५ व्यापार सहजीकरणका लागि आवश्यक पर्ने अन्य कार्यहरू गर्ने ।
५.२ व्यापार प्रवद्र्धन प्रतिष्ठान ९त्चबमभ एचयmयतष्यल क्ष्लकतष्तगतभ०
५.२.१ हालको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई बजारको माग अनुरूपको सेवा दिन सक्ने स्वायत्त संस्थाको रूपमा व्यापार प्रवद्र्धन प्रतिष्ठानमा परिणत गरिनेछ ।
५.२.२ प्रतिष्ठानले व्यापारसम्बन्धी अध्ययन अनुसन्धान, निकासी प्रवद्र्धन, वस्तु विकास र जनशक्ति विकाससम्बन्धी कार्य गर्नेछ ।
५.२.३ प्रतिष्ठानले व्यापार प्रवद्र्धनका लागि आन्तरिक एवं बाह्य सूचना एवं जानकारीका साथै व्यापारसम्बन्धी तथ्याङ्क संकलन, प्रशोधन, विश्लेषण तथा सूचना सम्प्रेषण गर्ने मुख्य संयन्त्रको रूपमा काम गर्नेछ ।
५.२.४ प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालनमा निजी क्षेत्रका व्यापारिक एवं व्यावसायिक संघ संस्थाहरूलाई संलग्न गराइनेछ । केन्द्रलाई दिगो रूपमा सञ्चालन गर्न सरकार र निजी क्षेत्रबाट स्रोतको व्यवस्था मिलाइनेछ ।
५.२.५ प्रतिष्ठानले व्यापार मेला तथा प्रदर्शनीको आयोजना गर्ने एवं आयोजित त्यस्ता मेला प्रदर्शनीमा सहभागितासम्बन्धी कार्यमा समन्वय गर्नेछ ।
५.३ ५.३ विशेष आर्थिक क्षेत्र र निर्यात प्रशोधन क्षेत्र
५.३.१ निकासी व्यापार बढाउनका लागि आवश्यक पूर्वाधार सेवासहितको विशेष आर्थिक क्षेत्र र निर्यात प्रशोधन क्षेत्रको स्थापना गरिनेछ ।
५.३.२ यसको स्थापना र सञ्चालनका लागि छुट्टै कानुनको व्यवस्था गरिनेछ ।
५.३.३ विशेष आर्थिक क्षेत्र र निर्यात प्रशोधन क्षेत्रको विकास, स्थापना तथा सञ्चालन गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहित गरिनेछ ।